अमेरिकामा विद्यालय बाहिर गोली चल्दा एकको मृत्यु, १२ घाइते
२०७८ चैत २६ गते

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा भएको गोली प्रहार सम्बन्धी घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ ।
घटनामा परी अरू दुई जना घाइते समेत भएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।
न्युयोर्कमा रहेको साउथ ब्रोन्क्स विद्यालय बाहिर स्थानीय समय अनुसार राती १ः४५ मा घटना भएको हो ।
घटनामा परी १६ वर्षिया युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई छातीमा गोली लागेको थियो ।
त्यसैगरी अरू दुई जनालाई पनि गोली लागेर घाइते भएको न्युयोर्कको प्रहरीले जनाएको छ ।
२०७८ चैत २६ गते
प्रतिक्रिया
सम्बन्धित








