बुढीगंगामा अध्यक्ष पदका लागि एमालेका आधा दर्जन आकांक्षी  

विराटनगर । नेकपा एमाले बुढीगंगा गाउँपालिकाको अध्यक्षमा एमालेबाट आधा बढी आकांक्षी देखिएका छन् ।

यसअघिका अध्यक्षका उम्मेदवार  बलभद्र सरदार थारू र उपाध्यक्षमा पराजित भएकि  रिता न्यौपानेले अध्यक्ष पदमा दाबी गरेका छन् । बुढीगंगा १ का  वडा अध्यक्ष युवराज पौडेल, नेकपा एमाले जिल्ला कमिटी सदस्य बैजु विश्वास, मकर बुढाथोकी, एमाले प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरी र नवराज विष्टले पनि गाउँ पालिकाको अध्यक्ष पदको लागि आकांक्षा देखाएका छन् ।

त्यस्तै उपाध्यक्षमा तुलसी विष्ट कुँवर, सुनिता कार्की, अरूणा थापा मगर,  निरा भगत तारु, र रिना रेग्मी एमालेबाट आकांक्षी देखिएका छन् । नेकपा एमाले बुढीगंगा गाउँ पालिकाले आसन्न निर्वाचनमा उम्मेदवार दाबी गर्ने नेताहरूसँग छलफल गर्दै सर्वसम्मत उम्मेदवार छान्ने प्रयास भएको जनाएको छ ।

गाउँपालिका कमिटीको आयोजनामा भएको कार्यक्रममा बोल्दै एमाले प्रदेश सदस्य नवराज विष्टले भेलाबाट आएको नामलाई सर्वसम्मत रूपमा नाम छनौट गरी अघि बढ्ने बारेमा छलफल भएको बताए । वडा तहबाट आएको नामलाई वाचन गरेर सुनाएपछि छलफल अघि बढेको थियो । नेकपा एमालेले आज मोरङ जिल्लाको स्थानीय तहको १७ पालिकामा प्रमुख र उपप्रमुखको नामावली टुंगो लगाउने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *