शुरू भयो टाइफाइड विरुद्धको खोप अभियान (तस्वीरसहित)

काठमाडाैँ । सरकारले आजदेखि वैशाख १८ गतेसम्म १५ महिनादेखि १५ वर्ष सम्मका बालबालिकाहरूलाइ टाइफाइडविरुद्धको खोप अभियान शुरू गरेको छ ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पहिलो पटक बालबालिकालाई अनुदान सहयोगमा प्राप्त भएको टाइफाइडविरुद्धको खोप लगाउन लागिएको हो ।

युनिसेफ, गाभी खोप सञ्जाल, विश्व स्वास्थ्य सङ्गठन र अन्य साझेदारहरू मुलुक र संस्थाको सहयोगमा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिएको हो ।

टाइफाइडविरुद्धको खोपका निम्ति गाभीको सहयोग प्राप्त गर्ने राष्ट्रमध्ये नेपाल चौथो हो । यसअघि पाकिस्तान, लाइबेरिया र जिम्बावेले गाभी र यसका साझेदार संस्थाहरूको सहयोग प्राप्त गरेका थिए ।

सरकारले ७५ लाख बालबालिकामध्ये कम्तीमा ९५ प्रतिशतलाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य राखेको छ । यसका लागि ७५३ वटै स्थानीय तहमार्फत विद्यालयमै गएर बालबालिकालाई खोप लगाउने व्यवस्था गरिएको छ । विद्यालय नजाने उमेर समूहका बालबालिकाको हकमा भने स्थानीय स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =