गण्डकीलाई उज्यालो प्रदेश घोषणा गरिने

पोखरा । गण्डकी प्रदेशलाई उज्यालो प्रदेशका रूपमा घोषणा गर्ने तयारी थालिएको छ । सरकार गठन भएकै दिन २ वर्षभित्र उज्यालो प्रदेश घोषणाको निर्णय गरिएपनि ४ वर्ष बितिसक्दा समेत घोषणा हुन सकेको छैन ।

नयाँ सरकार आएपछि चालू वर्षभित्रै उज्यालो प्रदेशका रूपमा घोषणा गर्ने गरी काम अघि बढाएको उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले जानकारी दिए ।

उनका अनुसार अहिले सम्म ५ हजार ९ सय ५५ घरधुरीमा नयाँ मिटर जडान गरि बत्ती बालिएको छ । बाग्लुङ, नवलपुर, कास्की र गोरखाका केही घरमा विद्युत जडान गर्न बाँकी रहेको भन्दै यो वर्षभित्र सबैतिर विजुली विस्तार हुने आचार्यको भनाई छ ।

‘हामी लगभग अन्तिम चरणमा छौं । सोलार, राष्ट्रिय प्रशारण लाईन र लघु जलविद्युत सहित सबै घरमा विजुली पुगेपछि घोषणा गर्छौं,’ उनले भने । हाल सोलार प्यालनबाट ६ प्रतिशत र राष्ट्रिय विद्युत प्रशारण लाइन मार्फत ९२ प्रतिशत घरधुरीमा विद्युत पहुँच पुगेको उनले जानकारी दिए ।

गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउन नेपाल विद्युत प्राधिकरण पोखरा र भौतिक पूर्वाधार विकास मन्त्रालयबिच ११ बुँदे शर्त सहितको सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सरकारले राष्ट्रिय प्रशारण लाइन नपुगेका घरमा सोलार बत्ती वितरण गरेको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *