यसरी बन्दैछ बिस्काः जात्राको रथ (तस्बिरहरू)

काठमाडाैँ । भक्तपुरको प्रसिद्ध बिस्का: जात्राको लागि आवश्यक रथ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।भक्तपुरको केन्द्रमा रहेको नौमधी अर्थात न्यातापोल मन्दिर प्राङ्गणमा मनाइने बिस्का: यही चैत्र २७ गतेदेखि शुरू हुँदैछ ।

बिस्का:मा काशी विश्वनाथको रूप मानिने भैरवनाथको मूर्ति राख्न प्यागोडा शैलीको ३ तले रथ निर्माण गरिन्छ । यही रथमा भैरवनाथको मूर्ति राखेर बिस्का: जात्रा शुरू हुने गर्दछ ।

नव वर्षको आगमनसँगै शुरू हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का: जात्रा आठ रात नौ दिनसम्म धुमधामसाथ मनाइन्छ । बिस्का: जात्रा मध्यपुरको थिमी र काठमाडाैँको टोखामा पनि  मनाइने प्रचलन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *