श्रीलंकाली राष्ट्रपतिद्वारा आर्थिक विज्ञहरुको समूह नियुक्त

कोलम्बो । श्रीलंकाली राष्ट्रपति गोटबाया राजपाक्छेले अर्थतन्त्र, दिगो विकास र ऋणसम्बन्धी व्यवस्थाको अध्ययन गरी सुझाव दिनका लागि एक विज्ञ समूह नियुक्त गरेका छन् ।
श्रीलंकाली राष्ट्रपतिको कार्यालयले बिहीबार प्रकाशन गरेको एक विज्ञप्ति सो कुरा जनाइएको छ । पछिल्लो समयमा श्रीलंकामा आर्थिक संकट परेको छ । सो संकटको समाधानका लागि उनीले यो समूह नियुक्त गरेका छन् ।
पछिल्ला केही दिनमा आर्थिक संकटमा फसेको श्रीलंकाका राष्ट्रपतिले सो बुधबार राति सो विज्ञ समूह गठन गरेको उनकाे कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । सो समूहमा श्रीलंकाको केन्द्रीय बैंकका पूर्व गभर्नर, विश्व वैंकका पूर्व प्रमुख अर्थशास्त्री र आइएमएफका पूर्व निर्देशक रहेका छन् । उनीहरूले श्रीलंकाली राष्ट्रपतिसँग यस विषयमा छलफल पनि गरिरहेका छन् ।
हाल आर्थिक संकटमा फसेको श्रीलंकाका अर्थमन्त्रीले पनि यसअघि नै राजीनामा दिएका छन् । त्यसैगरी अन्य मन्त्रीहरूले पनि श्रीलंकाली राष्ट्रपतिसमक्ष सामूहिक राजीनामा दिएका छन् ।श्रीलंकाको आर्थिक क्षेत्रका यी विज्ञहरूको सुझाव र सल्लाहबाट यस देशले आफूलाई आर्थिक संकटबाट बाहिर निकाल्न सकिन्छ कि भन्ने प्रयास गर्ने बताइएको छ ।
श्रीलंका आर्थिक संकटमा फसेकाले यसको विकास र उद्वारका लागि विभिन्न उपायहरूको खोजी गरिरहेका बेला श्रीलंकाली राष्ट्रपतिले नियुक्त गरेका विज्ञहरूबाट थप सहयोग पुग्ने अपेक्षा गरिएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।








