क्षमता स्वमूल्यांकनमा सुर्खेतको गुर्भाकोट नगरपालिका उत्कृष्ट तीनमा

धादिङकाे नीलकण्ठ नगरपालिका उत्कृष्ट

काठमाडौँ । सुर्खेतका गुर्भाकोट नगरपालिका संस्थागत क्षमता स्वमूल्यांकन प्रणालीमा प्रविष्ट भएका स्थानीय तहमध्ये उत्कृष्ठ तीनमा परेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको ०७७/७८ को स्वमूल्यांकन रिपोर्टअनुसार सुर्खेतको गुर्भाकोट नगरपालिका तेस्रो स्थानमा हाे । यो नगरपालिकाले ९३.२५ अंक पाएको छ । यस्तै दोस्रोमा स्याङजाको वालिङ नगरपालिका र धादिङको नीलकण्ठ नगरपालिका उत्कृष्ठ भएको छ ।

सबैभन्दा कम अंक पाउनेमा संखुवासभाको मकालु गाउँपालिका रहेकाे छ । यसले १०.२५ प्रतिशत अंक पाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) प्रणालीमा प्रविष्ट भएका ६ सय ९९ तहमध्ये एक सय ८७ ले ५० सम्ममात्रै अंक पाएका छन् ।

९० भन्दा बढी अंक पाउने स्थानीय तह
नीलकण्ठन गरपालिका, धादिङ – ९७
वालिङ नगरपालिका, स्याङ्जा– ९५
गुर्भाकोट नगरपालिका, सुर्खेत – ९३.२५
फेदीखोला गाउँपालिका, स्याङ्जा– ९२.७५
खैरहनी नगरपालिका, चितवन– ९१.७५
म्याग्दे गाउँपालिका, तनहुँ – ९१.५
ज्वालामुखी गाउँपालिका, धादिङ – ९०.७५

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि, २०७७अनुसार स्थानीय तहले कसरी काम गरिरहेका छन् भनेर त्यसको मूल्यांकन स्वयंवाट गराउने गरिन्छ । कार्यविधिले स्वमूल्यांकनका विभिन्न १० वटा विषय क्षेत्र र तीन सूचक निर्धारण गरेको छ । ती विषयक्षेत्र र सूचकहरूमा स्थानीयतह स्वयंले आफ्नो स्थिति मूल्यांकन गर्छन् ।

स्थानीय तहले आफैँ गरेको मूल्यांकनको गुणस्तर परीक्षण गर्ने व्यवस्था पनि छ । स्थानीय तहले गरेको स्वमूल्यांकन नतिजाको गुणस्तर सुनिश्चितता परीक्षणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आफैँ, सम्बन्धित जिल्ला समन्वय समिति वा तेस्रो पक्षलाई जिम्मेवारी दिए गर्न सक्ने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *