गोविन्दराज जोशीका छोरा ब्यासको मेयर उठ्ने

पोखरा । तनहुँको ब्यास नगरपालिका भारी मतान्तरसहित नेपाली कांग्रेसका उम्मेदवारले जितेको पालिका हो । प्रदेश र संघको निर्वाचनमा कांग्रेसले नै कारबाही गरेका पूर्व सह महामन्त्री गोविन्दराज जोशीका कारण कांग्रेस उम्मेदवार पराजित भएका आकलन गर्छन् । अहिले उनै जोशीका छोरा ब्यास नगरको मेयर उठ्ने घोषणा गरेका छन् ।

इन्जिनियर समेत रहेका दीपकराज जोशीले ब्यासमा सम्पर्क कार्यालय खोलेका छन् । जोशी लामो समय नेविसंघको राजनीतिमा सक्रिय थिए । लामो समय अमेरिकामा इलेक्ट्रिकल इन्जिनियरका रूपमा काम गरेर नेपाल फर्केका उनले देशको राजनीति तल्लो तहबाटै सुधारिनुपर्ने बताउँदै आएका छन् ।

बुधबार कार्यालय स्थापनापछि उनले व्यासलाई बस्न लायक सहरको रूपमा विकास गर्ने बताएका छन् । कार्यालय संविधान सभा सदस्य उर्मिला थापा र पत्रिका वितरक कृष्ण पोख्रेलले उद्घाटन गरेका हुन् । श्रोतका अनुसार उनले नेपाली कांग्रेसबाट टिकटको बार्गेनिङ गरेका हुन् । यदि टिकट नै नपाएपनि स्वतन्त्र चुनाव लड्ने बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − thirteen =