उदयपुरमा विद्यालय हिँडेकी छात्राको हत्या

काठमाडौँ । उदयपुरमा विद्यालय हिँडेकी छात्राको हत्या भएको छ ।

जिल्लाको बेलका नगरपालिका ३ मा रहेको श्री कोशी जनता माध्यमिक विद्यालयमा रामपुरमा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको हत्या भएको विद्यालयका प्रधानाध्यापक सूर्यनारायण साहले जनाएका छन् ।

विद्यालयमा नियमित रूपमा सञ्चालित अतिरिक्त कक्षा लिन भनेर हिँडेकी सुनुवारको बेलका ३ मा रहेको यसोदा खोलामा हत्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।

घटनाप्रति दुःख व्यक्त गर्दै विद्यालयले यथाशीघ्र दाेषी पत्ता लगाइ कारबाही गर्न माग गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *