प्रदेश १ मा सरकार बनेको ५ महिनापछि प्रदेश योजना आयोग गठन

विराटनगर । प्रदेश १ सरकारको प्रवक्तामा उपेन्द्रप्रसाद घिमिरेलाई तोकिएको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय बारेमा जानकारी दिँदै यातायात तथा सञ्चार मन्त्री घिमिरेले प्रवक्ताको जिम्मेवारी पाएको बताए ।

बैठकको निर्णय बारे जवानकारी दिँदै घिमिरेले पूर्ण लक्समलाई योजना आयोगको उपाध्याक्षमा नियुक्त गरेको बताए । उपाध्यक्षमा पाँचथरका लक्सम सहित ज्ञानेन्द्रबहादुर कार्की संखुवासभा, नारायण कोइराला सुनसरी, प्रकाश राई भोजपुर र अञ्जु खड्कालाई सदस्यमा नियुक्त गरेको हो । यसअघि ३ सदस्य रहेको योजना आयोगलाई ५ सदस्य बनाइएको छ । मुख्यमन्त्री नियूक्त भएको ५ महिना पछि प्रदेश योजना आयोग बनेको हो ।

प्रदेश १ प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा बिष्णुकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । परीक्षाबाट २ जना छनौट भएर आएकोमा अनुभव र कार्य क्षमताको आधारमा एकजनालाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय भएको मन्त्री घिमिरेले बताए ।

आजै बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष र सदस्य सचिवलाई पदबाट हटाउने निर्णय गरेको छ । त्यस्तै बैठकले प्रदेश सांसदहरूको सेवा सुविधामा बैठक भत्ता दिने ब्यवस्था नभएकोले बैठक भत्ता दिने निर्णय गरेको मन्त्री घिमिरेले जानकारी दिए । सरकारले बाधा अड्काउ फुकाउ मार्फत बैठक भत्ता दिने निर्णय भएको उनले बताए ।

बैठकले सगरमाथा टिन्स क्लब कार्यक्रम सञ्चालन गर्नको लागि बनेको कार्यविधिलाई संशोधन गर्दै २०७८ जारी गरेको छ, उनले भने, आन्तरिक मामिला मन्त्रालयको सचिव संयोजक रहने गरि अन्य उपसचिव सदस्य रहने खालको कार्यविधि संशोधन गरिएको छ ।

वन र पर्यटन मन्त्रालय अलग अलग भएपछि अनुदान दिन कार्यविधि पारित गरिएको घिमिरेले बताए । होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधिलाई संशोधन गर्दै ५ देखि २५ वटा घरसम्मलाई एउटा समूहमा लगेर काम गर्ने गरि कार्यविधि संशोेधन गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *