खाल्डोमा जमेको पानीको डुबेर बालकको मृत्यु

भोजपुर । भोजपुरको पौवादुङमा गाँउपालिका–२ स्थितमा खाल्डोमा जमेको पानीमा डुबि बालकको मृत्यु भएको छ ।

बिहान मामाघर पौवादुङमा आएर बसेका मोरङको केराबारी गाउँपालिका–७ का गणेश मगरका २ बर्षीय छोरा आशिर मगर खेल्ने क्रममा लडी खाल्डोको पानीमा डुबेको प्रहरीले जनाएको छ ।

अचेत अवस्थामा आफन्तले फेला पारी उपचारको लागि स्थानीय स्वास्थ्य चौकी पुर्याउनासाथ डाक्टरले उनलाई मृत घोषणा गरेको थियो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *