फेरि बढ्याे गाडीभाडा (मूल्य सूचीसहित)

काठमाडाैँ । सरकारले लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा १० प्रतिशतले बढाएको छ । यातायात व्यवस्था विभागले स्वचालित भाडा दर कायम गर्दै यात्रुवाहक सवारीको भाडा दर १० प्रतिशतले बढाएको हो ।

विभागकाअनुसार मालवाहक सवारीका लागि पहाडमा १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वचालित भाडा दर कायम गर्ने निर्णय गरेको हाे ।

पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धिलाई मध्यनजर गर्दै लामो दूरीमा चल्ने सवारी साधनको भाडा बढाउने निर्णय गरिएको विभागका प्रवक्तासमेत रहेका उपसचिव  लोकनाथ भुसाल बताए । पेट्रोलियम पदार्थमा न्यूनतम मूल्य ५ प्रतिशत घटबढ हुनासाथ स्वचालित भाडा दरअनुसार गाडी भाडा समायोजन हुनेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + six =