दैलेखमा हँसिया प्रहारबाट दुई घाइते

सुर्खेत । दैलेखमा धारिलो घरेलु हतियार (हँसिया)को प्रहारबाट दुई जना घाइते भएका छन् । डुङ्गेश्वर गाउँपालिका–५ पाङकोटका २५ वर्षीय गोपाल सार्कीले हतियार प्रहार गर्दा उक्त वडाका दुई जनालाई घाइते बनाएका हुन् ।

प्रहरीले मादक पदार्थ सेवनगरी वादविवाद हुँदा शनिबार राती ९ बजेको समयमा गोपालले २४ वर्षीय गगन सार्की र २९ वर्षीय कर्णबहादुर सार्कीलाई धारिलो हतियार (हँसिया)ले प्रहार गरेको जनाएको छ ।

प्रहारबाट गगन सार्कीको टाउकोमा र कर्णबहादुर सार्कीको ढाँडमा चोट लागि गम्भीर घाइते भएको र उनीहरूको उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ । साथै हतियार प्रहार गर्ने गोपाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीको भनाई रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *