तालमेलको कुराले जनविरोधीको निन्द्रा हराम भएको छ : अध्यक्ष नेपाल

धनगढी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने कुराले जनविरोधी दलको निन्द्रा हराम भएको बताएका छन् ।

आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । ‘गठबन्धन दलबीच चुनावी तालमेल गर्ने सहमति भएको छ,’ उनले भने, ‘यसले जनतामा उत्साह थपिएको छ । तर जनविरोधी दलको निन्द्रा हराएको छ ।’

वाम शक्ति र लोकतान्त्रिक शक्तिबीच गठबन्धन गरेर अगामी निर्वाचनमा जाने सहमतिले जनविरोधीहरू विचलित भएको उनले बताए । आफ्नो पार्टीमा प्रवेश गर्ने चलिरहेका बेला पनि जनविरोधीहरू न्वारानदेखिको बल लगाइरहेकोसमेत उनले आरोप लगाए ।

अध्यक्ष नेपालले अहिले एकीकृत समाजवादीमा प्रवेश गर्नेहरूको लहर नै चलेको बताए । यसलाई रोक्न खोज्नेहरू असफल भैरहेको उनको भनाई छ । संविधानको रक्षा र संघीयता जोगाउने काम एकीकृत समाजवादीले गरेकाले पार्टीको सबैतिर प्रशंसा भइरहेको उनको दाबी छ । उनले आगामी चुनावमा गठबन्धन दलबीच ुविन–विन’को अवस्थामा चुनावी तालमेल गरिने बताए ।

आइतबार बिहान धनगढी पुगेका उनी कञ्चनपुरको बेदकोट नगरपालिकामा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *