कटहरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर
२०७८ चैत १९ गते

विराटनगर । मोरङको कटहरी गाउँपालिका-३ मा शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र स्थानीय राजवंशी समाज विकास समिति तथा युवा समाजको सहकार्यमा एकदिने शिविर सञ्चालन गरिएको हो ।
जनप्रिय माध्यमिक विद्यालयमा भएको शिविरमा नोबेलका डाक्टरहरूले ९६१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् ।
शिविरमा १८४ जनाको रक्त परीक्षण, ११३ जनाको भिडियो एक्स-रे र ६५ जनाको ईसीजी गरिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका २२ जनाको दाँत खोलिएको छ ।
नोबेलले ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरेर लाखौँ बिरामीको निःशुल्क उपचार गरिरहेको छ ।

२०७८ चैत १९ गते
प्रतिक्रिया
सम्बन्धित










