नेपाली हो नि… गर्छ

घाँटी छोएपछि हातमा फु…फु गर्छ
अर्काको टोपी लगाउनुअघि टोपीभित्र थु…थु गर्छ
रेडियो, टिभीले काम नगरे ठोकठाक गरेर बनाउँछ
नेपाली हो नि गर्छ ।

जिब्रोको टुप्पोले छोएर ब्याट्रीको पावर थाहा पाउँछ
नाम र थर सोधिसकेर पहाड घर कि त गाउँ सोध्छ
तौलियाले कम पर्दाले हात धेरै पुच्छ
नेपाली हो नि गर्छ ।

मन्जन सक्किए बीचमा काटेर दुईचार दिन काम चलाउँछ
सैम्प्यू सक्किए पानी हालेर हल्लाएर पनि काम चलाउँछ
बाडुली लागे कसैले सम्झियो भनेर मक्ख पर्छ
नेपाली हो नि गर्छ ।
ब्याट्री सके टोकेर रिचार्ज गर्छ
कसैले कोसेली दिए ‘किन दुख गर्नु भाको ?’ भन्दै थाप्छ
हातका चार औँलाले चामलमा पानीको मात्रा नाप्छ
नेपाली हो नि गर्छ ।

देखी-देखी ‘के गरिरा ?’ भनेर सोध्छ
बिहेको कार्ड दिए नहेरी नै ‘कसको बिहे ?’ भनेर सोध्छ
गाडीको झ्यालमै बस्नुपर्ने नत्र वान्ता आउँछ भन्छ
नेपाली हो नि गर्छ ।

प्रतिक्रिया

2 thoughts on “नेपाली हो नि… गर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *