गठबन्धनको गण्डकी प्रदेश स्तरीय बैठक, मिलेर जाने निर्णय

पोखरा । आगामी स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुविच तालमेल गर्ने सहमती भएसंगै गण्डकी प्रदेशमा तयारी सुरु भएको छ । शुक्रबार गठबन्धनका पाँचै दल सम्मिलित बैठक पोखरामा बसेको छ । प्रदेश स्तरका नेताहरुको संयुक्त बैठक कांग्रेस पार्टी कार्यालयमा बसेको हो । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा एउटै घोषणापत्रमा चुनाव लड्ने सहमति भएको हो ।

बैठकमा शर्मासँगै नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङ (कुशुम), नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ, जनता समाजवादी (जसपा) गण्डकी प्रदेश अध्यक्ष मोती प्रसाद रिजाल, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बराल सहित शीर्ष नेताहरुको उपस्थिति थियो ।

गठबन्धनको अर्को बैठक आगामी चैत २२ गते बस्ने तयारी छ । पालिका विभाजन भन्दापनि नेतृत्वमा मिलनको सन्देश दिन बैठक बसिएको शर्माले बताए । बैठकपछि सबै दलहरुले आफ्नो आधिकारिक अवस्थाबारे केन्द्रीय नेतृत्वलाई जानकारी गराउने छ भने २२ गतेको बैठकमा यसबारे छलफल हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *