प्रकाशमानकाे कटाक्ष- पार्टीका निर्णय नमान्नेहरूले कांग्रेस छाेडेर जाँदै राम्राे हुन्छ

काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले गरेकाे निर्णय सबैले मान्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस, काठमाडाैँ क्षेत्र नं. १ ले बानेश्वरमा गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै नेता सिंहले यस्ताे बताएका हुन् । संस्थापनइतरलाई इङ्गित गर्दै उनले भनेका छन्, ‘पार्टीले गरेकाे निर्णय नमान्नेहरूले पार्टी छाेडेर जाँदा हुन्छ ।’

कांग्रेसभित्र बसेर कांग्रेसलाई नै कमजाेर पार्ने नेताहरूकाे जरुरत पार्टीले नपरेकाे नेता सिंहकाे भनाइ थियाे । ‘यस्ता नेताहरू बाहिरिँदा नै राम्राे हुन्छ,’ उनले भने, ‘यसपालिकाे चुनावमा क-कसले के के गर्छ, कसले कति सहयाेग गर्छ, त्यसकाे एक एक हिसाबकिताब हुन्छ ।’

यस्तै उनले गठबन्धन मुलुककाे लागि आवश्यक रहेकाे दाेहाेर्‍याएका छन् । ‘याे भनेकाे जनताकाे म्यान्डेटअनुसार नभएपनि विशेष परिस्थितिले बनाएकाे हाे, दिएकाे हाे । याे स‌ंविधानकाे रक्षाका लागि चाहिन्छ,’ उनले भनेका छन् । उनले नेताहरूले गठबन्धनकाे विरुद्धमा बाेल्दा जनतामा अनावश्यक भ्रम छरिएकाे टिप्पणीसमेत गरेका छन् ।

गठबन्धनकै विषयमा कांग्रेसमा दुईथरी धारणा छ । नेता शेखर काेइरालाले नेतृत्व गरेकाे पक्ष हालकाे गठबन्धनबाट चुनावमा हाेमिन नहुने पक्षमा छ भने संस्थापन पक्ष जसरी भएपनि गठबन्धनबाटै अगाडि जानुपर्ने पक्षमा छ । यद्यपि कांग्रेसले गठबन्धनबाटै जाने नीतिगत निर्णय गरिसकेकाे छ । तर, संस्थापनइतर पक्षले भने गठबन्धनबाट कांग्रेस अगाडि बढ्न नहुने दाेहाेर्‍याउँदै आएकाे छ ।

नेता प्रकाशमान १४औं महाधिवेशनबाट देउवा क्याम्पमा छन् । उनले दाेस्राे चरणकाे निर्वाचनमा देउवालाई सघाएर सभापति बनाएका हुन् । गठबन्धनकाे सन्दर्भमा उनले देउवाकै पक्षमा वकालत गर्दै आएका छन् ।

प्रतिक्रिया

One thought on “प्रकाशमानकाे कटाक्ष- पार्टीका निर्णय नमान्नेहरूले कांग्रेस छाेडेर जाँदै राम्राे हुन्छ

  1. तिमि कैले सुध्रन्छौ कलङ्क ? के बोल्ने के नबोल्ने कैले सिक्छौ, कठै तिम्रा सोच !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 13 =