माछापुच्छ्रे बैंकको नयाँ शाखा धनगढीको राजपुरमा

काठमाडौँ । माछापुच्छ्रे बैंकले कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालयको बिहीबार धनगढी उप महानगरपालिकाका मेयर नृपबहादुर वडले एक कार्यक्रमबीच उद्घाटन गरे । उक्त शाखा समुद्घाटन कार्यक्रममा माछापुच्छ«े बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको समेत उपस्थिति रहेको थियो ।

नयाँ शाखा सँगै कैलालीमा माछापुच्छ्रे बैंकको शाखा संख्या ४ पुगेको छ । देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३ राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको जनाएको छ ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *