मुक्तिनाथ विकास बैंकद्वारा स्याटेलाइट निर्माण गर्न आर्थिक सहयोग

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले काभ्रेस्थित काठमाडौँ विश्वविद्यालय हाईस्कूलका विद्यार्थीले निर्माण गर्ने आईयू क्यूबस्याटस् स्याटेलाइट निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।

काठमाडौँ विश्वविद्यालय हाइस्कूल र अन्तरीक्ष प्रतिष्ठान नेपालको सहकार्यमा बनेपाको विद्यालयहरुमा अध्ययरत १२ जना विद्यार्थी यस आईयू क्यूबस्याटस् स्याटेलाईट निर्माण कार्यमा जुटेका छन् । सोही स्याटेलाइटको निर्माण सक्ने र अन्तरीक्षमा उडान गरिने कार्य २०२३ सम्म गरिने बताइएको छ ।

बैंकले स्याटेलाइट निर्माणको विभिन्न खर्चको प्रबन्ध गर्न एक कार्यक्रम बीच सहयोगका लागि ७५ हजारको चेक हस्तानतरण गरेको जनाएको छ ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रमुख बजारीकरण प्रवद्र्धन तथा सँस्थागत मामिला विभाग बसन्त बक्सी र अन्य कर्मचारी र काठमाडौँ विश्वविद्यालय हाइस्कूलको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *