लक्ष्मी बैंक र आईसीआईसीआई बैंकबीच साझेदारी सम्झौता

काठमाडौँ । लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेडबीच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आईसीआईसीआई बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जन कुमार थापाले आदान प्रदान गरेका छन् ।

सम्झौता अनुसार नेपाल र भारतबीचको परम्परागत अन्तर–बैंक भुक्तानीका साथसाथै क्युआर भुक्तानी गरी दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायारा विस्तार गर्न सहज बनाउने छ । साथै यो सम्झौताले दुई बैंकबीच मानव संसाधन, प्रविधि र सञ्चालन लगायतका विविध क्षेत्रमा ज्ञान आदानप्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *