आईएमई ग्रुपको वरिष्ठ उपाध्यक्षमा पोखरेल, सीईओमा पौडेल

काठमाडौँ । आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्ष (सिनियर भाइस प्रेसिडेन्ट)मा सुमन पोखरेल नियुक्त भएका छन् ।

ग्रुपको बोर्ड बैठकले पोखरेललाई वरिष्ठ उपाध्यक्षमा नियुक्त गरेको हो । यसअघि उनी आईएमई ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीइओ) भएर काम गरिरहेका थिए ।

पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट बिजिनेश स्टडिजमा स्नातकोत्तर गरेका छन् । १३ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव संगालेका पोरेल नेपाल रेमिटर्स एसोसिएसनका अध्यक्ष र नेपाल व्यवस्थापन संघका दोस्रो उपाध्यक्ष समेत रहेका छन् ।

ग्रुपको बोर्ड बैठकले आईएमईको सीईओमा खिलेन्द्र पौडेललाई नियुक्त गरेको छ । यसअघि पौडेल कम्पनीको महाप्रबन्धक थिए ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेका पौडलसँग रेमिट्यान्स क्षेत्रमा २० वर्ष काम गरेको अनुभव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *