नेप्से २३ अंकले घट्यो, १ अर्ब ८९ कराेडकाे कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन सेयर बजार नेप्से परिसूचक २३.९५ अंकले घटेर २५४४.३० बिन्दुमा ओर्लिएको छ ।

यस दिन नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ४.६० अंकले घटेर ४७५.४७ बिन्दुमा ओर्लिएको छ ।

यस दिन कुल २२८ कम्पनीका ३७ लाख ८७ हजार ४५ कित्ता सेयर १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६ सय ८६ रुपैयाँमा कारोबार भएको छ । यस दिन टे«डिङबाहेक अरु सम्पूर्ण समूहको समूहगत परिसूचक ओरालो लागेको छ ।

यस दिन १६४ कम्पनीको सेयर मूल्य घटेको छ । २८ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ ।

हरके दिनको बजारमा लगातार उकालो लागिरहेको इमर्जिङ नेपालको सेयर मूल्य बिहीबार पनि १० प्रतिशतले नै बढेको छ । त्यस्तै, राष्ट्र उत्थान, नेस्डो समृद्ध लघुवित्त, युनाइटेड मार्दी, बोटलर्स नेपाल तराई जस्ता कम्पनीको सेयर मूल्य बढेको छ ।

नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड मोदी, युनियन हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक जस्ता कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *