अर्थमन्त्रालयद्वारा बजेट तर्जुमा गर्न सबै पक्षसँग सुझाव माग

काठमाडौँ । अर्थमन्त्रालयले नयाँ आर्थिक वर्ष २०७९/८० को बजेट तर्जुमा गर्न सबै पक्षसँग सुझाव माग गरेको छ ।

अर्थमन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाले सूचना प्रकाशित गरी सुझाव मागेको हो । अर्थमन्त्री जनार्दन शर्माले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उक्त सूचना राखेर सुझाव पेश गर्न सरोकारवाला तथा आम नागरिक सबैमा आह्वान गरेका छन् ।

मन्त्रालयले बजेटलाई नतिजा तथा प्रतिफलमुखी बनाउन उद्योगी, व्यवसायी, पेशाकर्मी, विज्ञहरु, सञ्चारकर्मी, आम नागरिक सबैमा आह्वान गरेको छ ।

अर्थमन्त्रालयले नयाँ आर्थिक वर्षको बजेट निर्माणसम्बन्धमा विभिन्न पक्षसँग छलफलसमेत गरिरहेको छ । अर्थमन्त्रालयकाे वेवसाइट, इमेल वा टाेलफ्री नम्बरबाट समेत बजेटसम्बन्धी सुझाव दिन सकिने मन्त्रालयले जनाएकाे छ ।

यस्ताे छ सूचना 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *