म्याग्दीमा २ वटा गाडीमा आगजनी

पोखरा । म्याग्दीमा दुईवटा गाडीमा आगजनी गरिएको छ । बेनी नगरपालिका ६ डम्मरामा बिहानै रोकेर राखेको भ्यान र ट्याक्सीमा अज्ञात व्यक्तिले आगो लगाएको हो ।

ध १ ज ९८६ नम्वरको भ्यान र ध १ ज ७२६ नम्वरको ट्याक्सीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा संलग्नको खोजी भैरहेको सूचना अधिकारी वीरेन्द्र गुरुङले जानकारी दिए ।

दुवै गाडीहरु बुधबार राति सामान्य ठोकिएका थिए । प्रहरीले ठोकिएका गाडीलाई सहमति पछि बिहीबार फुकुवा गर्ने तयारी गरेको थियो । तर पार्किङ गरि राखिएका दुईवटै गाडी बिहान जलेको अवस्थामा फेला गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *