‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि छानिए १४० विद्यालय (सूचीसहित)

काठमाडौँ । सरकारले प्रतिस्थापन बजेट विधेयकमार्फत ल्याएको महत्वकांक्षी कार्यक्रममध्ये पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनका लागि १ सय ४० विद्यालय छनोटमा परेका छन् । शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पढ्दै कमाउँदै कार्यक्रमका लागि छनोट भएका १ सय ४० विद्यालयको सूची सार्वजनिक गरेको हो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत सरकारले प्रतिस्थापन विधेयकमा शिक्षातर्फ पढ्दै कमाउँदै (लर्निङ बाइ अर्निङ) कार्यक्रम ल्याएको थियो । त्यसका लागि शिक्षा मन्त्रालयले यसअघि नै कार्यविधि जारी गरेको थियो भने उक्त कार्यविधि मन्त्रिपरिषद्को बैठकबाट पारित भएसँगै कार्यान्वयनका लागि अघि बढेको थियो ।

प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै सरकारले पढ्दै कमाउँदै कार्यक्रम लागू गर्नेगरी कार्यविधि तयार गरेको छ । सोहीअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो ।

प्रत्येक जिल्लाबाट कम्तीमा एक विद्यालय अनिवार्य र बढीमा पाँचवटा विद्यालय छनोट गरिएको केन्द्रले जनाएको छ । आवेदन परेका विद्यालयलाई जिल्लाको मूल्याङ्कन समितिले छनोट गरिएको आधारमा प्राविधिक क्षेत्रको कक्षा सञ्चालन भएका विद्यालय छनोट गरिएको हो । कार्यक्रम सञ्चालनका लागि ७० जिल्लाबाट मात्रै आवेदन परेको केन्द्रका सूचना अधिकारी सुरेशकुमार जोशीले बताएका छन् ।

केन्द्रद्वारा प्रकाशित विद्यालयको सूचीअनुसार अधिकांश भने कृषि तथा पशुपालनसँग सम्बन्धित विद्यालय रहेको पाइएको छ । सूचीमा कृषि, पशुपालन, इन्जिनियरिङ, वन, बाली, बेमौसमी खेती, मेकानिकललगायतका विषय तथा क्षेत्रको पठनपाठन गराउने विद्यालय समेटिएको पाइएको छ ।

कुन-कुन विद्यालय छनोट भए ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *