स्कुटरलाई ट्रकले ठक्कर दिँदा पोखरामा १८ वर्षीया किशोरीको मृत्यु

पोखरा । पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।

सभागृहचोकमा ना ६ ख ४७२५ नम्बरको ट्रकले ग १४ प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा १५ नयाँ गाउँकी १८ वर्षीया अञ्जना पाइजा छिन् ।

दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाईएकोमा उपचारकै क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । स्कुटरको पछाडि सवार मिना गुरुङ घाइते छिन् ।

उनको अवस्था सामान्य रहेको कास्की प्रहरी प्रबक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *