पोखराका जनप्रतिनिधिलाई कार्यपालिका बैठकमै थुनिदिए नागरिकले

पोखरा । पोखराका ताल किनारका पीडित जग्गाधनीले मेयर मानबहादुर जिसी सहितको जनप्रतिनिधि टोलीलाई थुनिदिएका छन् ।

महानगरको सभाहलमा कार्यपालिका बैठक चलिरहेका बेला जग्गाधनीले बाहिरबाट ताला लगाईदिएका हुन् ।

लामो समयदेखि रोक्का राखेको आफ्नो जग्गा फुकुवा गर्न माग गर्दै जग्गाधनीले जनप्रतिनिधिको ध्यानाकर्षण गराएका थिए । तर जनप्रतिनिधिले आफ्ना माग सुनुवाई नगरेको भन्दै कार्यपालिका बैठकमै थुनिदिएका हुन् ।

अहिले मेयर मानबहादुर जिसी, उपमेयर मन्जुदेवी गुरुङ, वडाध्यक्ष र कार्यपालिका सदस्य सहित कर्मचारीहरु सभाहलमै थुनिएका छन् । ताला खोल्नका लागि प्रहरी बोलाईएको एक कार्यपालिका सदस्यले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *