मंगलम सिपिभिसि प्लस पाइपले पायो गुणस्तर चिन्ह

काठमाडौँ । नेपालको पहिलो सी।पी।भी।सी पाइप उत्पादक र निर्यातकर्ता मङ्गलम इण्डस्ट्रिजबाट उत्पादित सीपीभीसी प्लस पाइपले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । यसका एस्डिआर ११ (१५ र ५०) मिमि र एस्डिआर १३.५ (२० र ५०) मिमिलाई नेपाल गुणस्तर चिन्ह ५७० प्रदान गरिएको हो ।

मङ्गलमको पीभीसी र एचडीपीई पाइपले भने पहिले देखि नै नेपाल गुणस्तर मान्यता पाइसकेका छन् । गुणस्तर तथा नापतौल विभागले विभिन्न नेपाली उत्पादनहरुलाई गुणस्तरको मानकको रुपमा यो चिन्ह प्रदान गर्दै आएको छ ।

मंगलम इण्डस्ट्रिजका उपाध्यक्ष प्रदिप शुक्लाले उत्पादन प्रक्रियामा सबै मापदण्ड पु¥याएका, गुणस्तरीय र सुरक्षित उत्पादनहरुलाई गुणस्तर विभागले यो चिन्ह प्रदान गर्दै आइरहेको भन्दै उत्पादन यसमा छानिँदा खुसी लागेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *