नेप्से ४० अंकले बढ्यो, सवा २ अर्बको कारोबार

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उच्च वृद्धि देखिएको छ ।

साताको पहिलो कारोबार दिनबाटै लगातार घटेको बजारमा बुधबार भने ४०.६८ अंकले बढेर परिसूचक २५६८.२५ बिन्दुमा उक्लिएको छ ।

यस दिन ४५ लाख कित्ता सेयर २ अर्ब २५ करोड १ लाख १७ हजार २ सय ९६ रुपैयाँमा कारोबार भएको छ ।

यस दिन इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त, नेस्डो समृद्ध लघुवित्त, सामलिङ पावर, युनाइडेड मार्दी जस्ता कम्पनीको सेयर मूल्य सबैभन्दा बढीले बढेको छ ।

तर, युनिलिभर नेपाल, कुमारी इक्वीटी फन्ड लगायत कम्पनीको सेयर मूल्य सबैभन्दा बढीले घटेको छ । यस दिन १७८ कम्पनीको सेयरमूल्य बढेको छ भने १३ कम्पनीको सेयर मूल्य घटेको छ ।

यस दिन सबै कम्पनीको समूहगत उपसूचकहरु हरिया भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *