रुपाका सबै वडामा फ्रि वाईफाई जोन

पाेखरा । कास्कीकाे रुपा गाउँपालिकाले सार्वजनिक ठाउँहरुलाइ निशुल्क वाईफाई जाेन बनाएकाे छ । वराहथोक कोटभैरव मन्दिरमा फ्रि वाईफाई जाेड्दै पालिका अध्यक्ष नवराज ओझाले वाईफाई जाेनकाे उद्घाटन गरेका हुन् ।

रुपाका १९ ठाउँमा याे सुविधा विस्तार गरिएकाे छ । `नीति तथा कार्यक्रम र बजेटमै ब्यवस्था गरेका थियाैं,´ उनले भने, `वाईफाई जाेडेपछि पालिकाका नागरिकले बिश्वका सुचना पाउन सक्छन् ।´
पालिकाका ५७ ठाउँमा फ्रि वाफाई जोन वनाईने उनले बताए ।

प्रविधिमा सवैको पहुच होस भन्ने उद्वेश्यले यो कार्यक्रम सुरु गरिएकाे पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्ताेष ढुंगानाले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा पर्यटकीय क्षेत्र, धार्मिक, सार्वजनिक क्षेत्रमा पर्यटक, र नेट जोड्न नसक्ने नागरिकलाई लक्षित गरेर यो योजजा ल्याईएको उनले सुनाए ।

पहिलो चरणमा पाँच वर्षको लागि ईन्टरनेट कम्पनीसँग सम्झौता गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *