नेप्से १४ अंकले घट्यो, १ अर्ब ७५ करोडको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन सेयर बजार नेप्से परिसूचक १४.२६ अंकले घटेर २५२७.५८ बिन्दुमा पुगेको छ ।

यस दिन कुल ३८ लाख ९० हजार १ सय ३१ किक्ता सेयर १ अर्ब ७५ करोड ६ लाख २८ हजार १ सय ९९ रुपैयाँमा किनबेच भएको छ ।

यस दिन १३१ कम्पनीको सेयर मूल्य घटेको छ भने ५१ कम्पनीको सेयरमूल्य बढेको छ ।

यस दिन इमर्जिङ नेपाल, नेस्डो लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, जाल्पा लघुवित्त जस्ता कम्पनीको सेयर मूल्य बढेको छ ।

यस दिन होटेल तथा पर्यटनबाहेक सबै समूहका समूहगत उपसूचकहरु ओरालो लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *