धरौटी ४५ लाख बुझाएर छुटे मदिरा व्यसायी अमित अग्रवाल

काठमाडौँ । बैंकिङ कसुरमा जेल परेका ग्रीनलाइन प्रालिका सञ्चालक मदिरा व्यवसायी अमित अग्रवाल धरौटीमा छुटेका छन् ।

२० फागुनमा उच्च अदालत पाटनले उनलाई ४५ लाख धरौटी लिएर छोड्न आदेश एिको थियो । तर, धरौटी रकम बुझाउन नसक्दा उनी जेल बसेका थिए । धरौटी बुझाएपछि उनी छुटेका हुन् ।

चेक वाउन्सको उजुरीमा महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई पक्राउ गरेको थियो । बैंक र आफन्तसँग लिएको ऋण समेत उनले तिर्न सकेका छैनन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *