पल शाहद्वारा उच्च अदालतमा पुनरावेदन, तारेख वा धराैटिमा छोड्न माग

पोखरा । बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहले तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । नाबालिगमाथि बलात्कारको आरोपमा तनहुँ जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

शाहले मंगलबार सोहीआदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदनका लागि निवेदन दिएका हुन् । शाहले जिल्ला अदालतले चैत १० गते दिएको मुद्दाको फैसला नहुँदासम्म जेलमा पठाउने आदेश खारेज गरिपाऊँ भन्दै पुनरावेदन गरेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।  पुनरावेदनमा पललाई धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन माग गरिएको छ ।

पलविरुद्ध एक नाबालिगले जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा आफुलाई पटक–पटक बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । उजुरी परेको ४ दिन पछि शाह फागुन १५ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा आफैँ उपस्थित भएका थिए । उनले बयानमा बलात्कारको आरोप अस्विकार गरे पनि जिल्ला अदालत तनहुँले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने फैसला गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + four =