सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँ घट्यो

काठमाडौँ । मंगलबार सुनको मूल्य घटेको छ । यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तोजावी सुनका ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महास.घले जनाएको छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख रुपैयाँ रहेको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ । यस दिन चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *