लोसपाले बोलायो पहिलो पटक केन्द्रीय कार्यकारिणी बैठक
२०७८ चैत १५ गते

काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पहिलो पटक केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बबरमहलस्थित लोसपा केन्द्रीय कार्यालयमा भोलिबाट बस्ने पहिलो कार्यकारिणी समितिको बैठक बोलाइएको हो ।
बैठकमा स्थानीय तहको निर्वाचन, पार्टीको आन्तरिक संगठन र चुनावी गठबन्धनलगायतका बारेमा छलफल गर्नेछ । ‘पार्टी स्थापना भएपछि पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाइएको छ,’ सदस्य केशव झाले भने, ‘बैठकले स्थानीय तहको निर्वाचनदेखि अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्नेछ ।’
२०७८ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित








