रियलमीको आधिकारिक सर्भिस सेन्टर अब इटहरीमा

काठमाडौँ । स्मार्टफोन ब्रान्ड रियलमीले इटहरीमा अर्को नयाँ प्रिमियम आधिकारिक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । रियलमी नेपालका कन्ट्री हेड श्री मुनिष गिरीले ईटहरीको सुर्या कम्प्लेक्स परिसरमा नयाँ सेवा केन्द्रको उद्घाटन गरे ।

सर्भिस सेन्टरको उद्घाटनपछि बोल्दै गिरीले, मोबाइल सबैभन्दा सहज र सुविधायुक्त साधन भएकाले रियलमीले सेवाग्राहीको सुविधामा ध्यान दिएको बताए । रियलमीले नेपालमा भरपर्दो ब्रान्ड बन्ने लक्ष्य राखेको र आफ्ना ग्राहकलाई उत्कृष्ट ग्राहक सेवा र विक्रीपछिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको उनले विश्वास व्यक्त गरे ।

रियलमीको पहिलो आधिकारिक सर्भिस सेन्टर सीटिसी मल, सुन्धारा काठमाडौँमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *