सेनाले माग्यो पाइलटदेखि डाक्टरसम्म

काठमाडौँ । नेपाली सेनामा रिक्त विभिन्न प्राविधिक पदमा दरखास्त आह्वान गरिएको छ । आज विज्ञापन प्रकाशित गर्दै लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरूमा खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरिएको हो ।

विभिन्न १९४ पदका लागि आवेदन मागिएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np भित्र JOIN THE ARMY को Recruitment and Selection बाट अनलाइन दरखास्त फाराम भरी सोको प्रिन्ट आउटसहित स्वयं उपस्थित भई १० रुपैयाँको टिकट टाँसी दरखास्त पेस गर्नुपर्नेछ ।

हेर्नुस् विज्ञापन :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =