शाखा अधिकृतको परीक्षा फेरि स्थगित

काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको परीक्षा फेरि स्थगित गरेको छ । यसअघि पनि आयोगले यो परीक्षा स्थगित गरेको थियो ।

आयोगले आइतबार सूचना प्रकाशित गरेर परीक्षा स्थगित गरेको जानकारी दिएको हो ।

एकीकृत सेवा राजपत्रांकित तृतीय श्रेणीको शाखा अधिकृत वा सो सरह पदको २६ चैतका लागि तय भएको उक्त परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको आयोगको सूचनामा उल्लेख छ ।

आयोगले परीक्षा स्थगित गरेपछि परीक्षाको तयारी गरेर बसेका परीक्षार्थीहरु भने मर्कामा परेका छन् ।

यस्ताे छ सूचना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *