‘वाटर एटिएम’को उद्घाटन, मन्त्रीले भने– शुद्ध पानी सबैले पाउनुपर्छ

भक्तपुर । खानेपानी मन्त्री उमाकान्त चौधरीले सबै नेपाली नागरिकले शुद्ध र स्वच्छ पानी सर्वसुलभ ढंगले पाउनु पर्ने बताएका छन् ।

भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटिएम’को आइतबार उद्घाटन गर्दै मन्त्री चौधरीले जलश्रोतको धनी देश नेपालका हरेक नागरिकलाई शुद्ध र स्वच्छ खानेपानीको वितरण गर्नका लागि सरकारले कार्यायोजना बनाएर अघि बढिरहेको बताए ।

उनले अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा विरामी र बिरामीका कुरुवालाई वाटर एटिएमको निर्माणले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दैै अन्य अस्पताल तथा स्वास्थ्य संस्था, सार्वजनिक स्थल, भिडभाड हुने स्थान र उद्यान तथा पार्कमा पनि वाटर एटिम जडानको अभियानलाई अघि बढाइने बताए ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले १० लाख रुपैयाँको लागतमा अस्पताल परिसरमा जडान गरेको सो वाटर एटिएमबाट उपभोक्ताले परीक्षणबाट शुद्ध प्रमाणित भएको पानी दुई रुपैयाँमा कागजको कपसहित २ सय मिलिलिटर पाउँछन् ।

बोर्डका बरिष्ठ प्रशासकीय अधिकृत उदय केसीले उपभोक्ताको लागि २४सै घण्टा शुद्ध खानेपानी वितरणको व्यवस्था गरिएको बताए । उनले पाँच रुपैयाँमा बजारमा बिक्री वितरण भइरहेको मिनरल वाटर जत्तिकै शुद्ध एक लिटर पानी आफ्नै बोतलमा भरेर लिन सकिने बताए ।

वाटर एटिएम उद्घाटन समारोहमा मन्त्री चौधरीले अन्य अस्पताल र तराईका जिल्लामा समेत यस्तो प्रविधि जडान गर्न बोर्डलाई आग्रह गरे । मन्त्री चौधरीले सो अवसरमा वाटर एटिमबाट पानी थापेर पिएका थिए ।

बोर्डका कार्यकारी निर्देशक संजिव बिक्रम राणाले बोर्डले स्थापना गरेको वाटर एटिएमबाट उपभोक्ताले शुद्ध खानेपानी चौविसैं घण्टा वितरण गरिरहेको भन्दै आगामी दिनमा सर्बसाधरणको भिडभाड हुने सार्वजनिक स्थलमा यसको सेवा विस्तार गर्दै लैजाने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − one =