चाँदीको गर–गहना लुटपाट गरेको आरोपमा चारजना पक्राउ

विराटनगर । चाँदीको गरगहना सहित मोरङबाट चारजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बेलवारी नगरपालिका–४ को बेतना सिमसार क्षेत्रमा चाँदीको गर–गहना लुटपाट भएको घटनामा संग्लग्न रहेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा दमक नगरपालिका–३ का २५ वर्षीय सबिन विश्वकर्मा, महोत्तरीको बर्दीबास नगरपालिका–१ का ३४ वर्षीय मनोज ठाकुर, उदयपुरको रौतामाई गाउँपालिका–६ उदयपुरका २४ वर्षीय विशाल विक र सुनसरीको ईटहरी–५ का २४ वर्षीय बादल विक रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेको समुहले गत चैत ८ गते बिहान पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स दमकका कर्मचारीले दमकबाट बर्दिबास लैजाँदै गरेको १३ केजी चाँदीका गर–गहना लुटपाट गरेको प्रहरीको दाबी छ । ईलाका प्रहरी कार्यालय बेलवारीको प्रहरी टोलीले लुटपाटमा संग्लग्नमध्ये ४ जनालाई चाँदीका गहना सहित नियन्त्रणमा लिएको प्रहरीको दाबी छ ।

घटनामा संग्लग्न अर्का एक जना फरार रहेको र उनको खोजी भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *