डाँगीको अध्यक्षतामा तेह्रथुम सरोकार समाज

काठमाडौँ । तेह्रथुम सरोकार समाजले मोहनकुमार डाँगीलाई पुन: अध्यक्षमा सर्वसम्मत चयन गरेकाे छ ।

शनिबार काठमाडौँमा भएको समाजको आठौँ वार्षिक साधारण सभाले डाँगीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समाजको वरिष्ठ उपाध्यक्षमा डिल्लीराम ढुंगेल, उपाध्यक्षमा गणेशप्रसाद घिमिरे, हरिपतिलाल श्रेष्ठ र चिरञ्जिीवी खतिवडा, महासचिवमा केशवकुमार भट्टराई, उपमहासचिवमा योगेन्द्रकुमार कुरुम्बाङ, सचिवमा विरेन्द्र कुरुम्बाङ र भगिमान गुरुङ तथा कोषाध्यक्षमा रामप्रसाद बिमली र सहकोषाध्यक्षमा कुन्तादेवी फोम्बोलाई सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै, सदस्यमा बुनु तिम्सीना, टिका गहतराज, सञ्जय खतिवडा, लोकेन्द्र लिम्बू, कुलचन्द फोम्बो, विकास ढकाल, कृष्णभक्त गड्तौला, टिकाराज कार्की, सुमन बुढाथोकी र विष्णु खनाल सर्वसम्मत चयन भएका छन् ।

पदाधिकारीहरू सबैजसो यसअघिकै कार्यसमितीका दोहोरिएका छन् ।

शनिबारै भएको समाजको उद्घाटन सत्रमा प्रदेश १ का प्रमुख पर्शुराम खापुङ, संघीय स्वास्थ्यराज्यमन्त्री भवानीप्रसाद खापुङ, पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य सीता गुरुङ लगायतले समाजलाई थप प्रभावकारी भूमिका निर्वाह गर्दै जिल्लाको सेवामा केन्द्रित हुन शुभकामना दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *