कामै नसकिएको पोखरा विमानस्थल हस्तान्तरण गर्दै चीन

पोखरा । पोखरा विमानस्थलको काम ९३ प्रतिशत मात्रै सकिएको छ । बाह्य तयारी नसकिएका कारण विमानस्थलबाट जहाज उड्ने मितिको टुंगो अझै छैन ।

जुलाई १० तारिखमा निर्माण सक्ने लक्ष्यका साथ निर्माण कम्पनीले काम गरिरहेको छ । ७ प्रतिशत काम बाँकी नै हुँदा निर्माण कम्पनी सिएएमसीईले नेपाल सरकारलाई आयोजना हस्तान्तरणको तयारी गरेको छ ।

आज साँझ चीनका विदेशमन्त्री योङ यीले विमानस्थलको चावी हस्तान्तरण गर्न लागेका हुन् । काठमाडौँ र पोखरामा विशेष कार्यक्रम आयोजना गरी चावी हस्तान्तरणको तयारी गरिएको आयोजना प्रमुख विनेश मुनन्कर्मीले बताए । यसका लागि पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्री प्रेम आले पोखरा आउनेछन् ।

निर्माण कम्पनीका प्रमुख समेत पोखरा आउने र भर्चुअल माध्यमबाट कार्यक्रम आयोजना हुने उनले बताए । निर्माण कम्पनीलाई सरकारको तर्फबाट कदरपत्र समेत आजै वितरण गरिने छ । विदेशमन्त्री यी नेपाल भ्रमणको मौका छोपेर कार्यक्रम तय गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *