थप १८ जना काेराेना संक्रमित

काठमाडाैँ । नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ८ सय २२ पिसिआर परिक्षणका क्रममा १२ जना र १ हजार ५ सय २० एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजार ४ सय १४ पुगेको छ ।

कोरोनाका कारण शुक्रबार पनि कसैको ज्यान गएको छैन । हालसम्म नेपालमा ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ ।

त्यस्तै, थप २ सय ७१ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ९ सय ६० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + nine =