पोखरामा स्कुटर र बस ठोकिँदा स्कुटर चालकको मृत्यु

पोखरा । पोखराको चाउथेमा स्कुटर अनियन्त्रित हुँदा चालकको मृत्यु भएको छ । गुडिरहेको स्कुटर बससँग ठक्कर खाएको कास्की प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तनहुँ घर भई पोखराको चाउथे बस्दै आएका किस्मत वाग्ले छन् ।

बाटोमा हिडिरहेकी एक यात्रुलाई ठक्कर दिएर स्कुटर बसमा ठोकिएको हो । ग २२ प ००७ नम्बरको स्कुटर गोल्डेन फ्युचर बोर्डिङ स्कुलको ग १ क ९९६ नम्बरको बससँग ठोकिएको हो ।

दुर्घटनामा घाइते वाग्लेको उपचारका लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल पठाईएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =