कास्की अदालत फोडेको आरोपमा ‘ड्रगिष्ट’ पक्राउ

पोखरा । कास्की जिल्ला अदालत फुटाएको आरोपमा लागू औषध प्रयोगकर्ता ‘ड्रगिष्ट’ पक्राउ परेका छन् । कास्की प्रहरीले लामो समयदेखि लागू औषध र चोरी मुद्धामा पक्राउ परेर छुटेका एक व्यक्तिलाई सार्वजनिक गरेको हो । यसअघि उनी विभिन्न मुद्धामा ८ पटक पक्राउ परेर छुटेका थिए । पक्राउ पर्नेमा अर्जुन परियार (दावा) छन् ।

प्रहरी अभिलेख अनुसार दावा २०७३ सालमा पहिलो पटक अभद्र व्यवहार मुद्धामा पक्राउ परेका थिए । त्यसपछि चोरी, पोखरा र रूपन्देहीमा लागू औषध लगायत मुद्धामा पक्राउ परेका उनी गत फागुन २३ गते अन्तिम पटक थुनामुक्त भएका थिए ।

मंगलबार राती जिल्ला अदालतको इजलास १ र फाँट नम्बर ६ मा तोडफोड भएको थियो । त्यहाँ तोडफोडमा प्रयोग भएको रड प्रहरीले बरामद गरेको थियो । त्यसपछि अनुसनधान गर्दै जाँदा नियमित लागू औषध प्रयोग गर्नेहरूलाई लिष्टमा राखेर खोजी गरिएको कास्की प्रहरी प्रबक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

‘उ नियमति प्रयोगकर्ता हो । अदालतले ड्रग डिस्पोज गर्ने ठाउँमा नियमित रूपमा गैरहेको देखिन्छ,’ उनले भने, ‘अहिले पनि डिस्पोज क्षेत्र खोतलेको भेटेपछि हामीले लागू औषध प्रयोग गर्नेहरू खोज्यौं । सोधपुछ गर्दा उसले स्वीकारेको हो ।’ अदालत परिसर नजिकै फिर्के खोला किनारमा दावाले ३ थान लागू औषध भेटाएपछि त्यही प्रयोग गरेर अदालत प्रवेश गरेको तिवारीले बताए ।

दाबाले काँडेतारको बार नाघेर अदालत छिरेपछि ढोका फोडेर दराजमा राखिएका फाइलहरू खोतलेका उनको भनाई छ । ‘कोठा फोडिएको छ । टेवलका घर्रारहरू खुलेका छन् । मिसिलहरू छरपष्ट थियो,’ उनी भन्छन्, ‘अरु कारणहरू अनुसन्धान भैरहेको छ ।’ अदालतमा रहेका मिसिलहरू भने छानविन भैरहेको अदालतका सूचना अधिकारी निल पनेरूले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *