बुढानीलकण्ठमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-३ स्थित शिवपुरीको फेदीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले गिरिजा प्रसाद कोइराला फाउन्डेसन (क्षेत्र नम्बर ४) सँग सहकार्य गरेर शिविर सञ्चालन गरेको हो ।

बुढानीलकण्ठ मन्दिर परिसरमा सञ्चालन भएको शिविरमा ९२१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

शिविरमा १७७ जनाको भिडियो एक्स-रे, १६३ जनाको ईसीजी र १५६ जनाको रक्त परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

त्यस्तै दाँतमा समस्या भएर शिविरमा उपचारका लागि आएका ४२ जनाको दाँत उखेलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४५ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =