हट्यो लेटाङको कर्फ्यू

काठमाडौँ । मोरङको लेटाङ नगरपालिकामा लगाइएको कर्फ्यु तीन दिनपछि हटेको छ । बिहान ६ बजेदेखि कर्फ्यु हटाइएको हो ।

बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यु हटाउने निर्णय गरेको थियो । लेटाङ-५ मा स्थानीय एक शिक्षकले आफ्नै विद्यालयका छात्रालाई होलीको दिन यौन दुर्व्यवहार गरेको विषयलाई लिएर गएको आइतबार तनाव भएको थियो । आइतबार स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको थियो ।

यस घटनाको छानबिन गर्न प्रहरीले प्रदेश १ को प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र चौधरीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। समितिले बुधबारदेखि नै छानबिन थालेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *