निर्वाचन स्वच्छ र निष्पक्षरूपमा गराइने गृहमन्त्रीकाे प्रतिबद्धता

कपिलवस्तु । गृहमन्त्री बालकृष्ण खाँणले शान्तिपूर्णरूपमा स्वच्छ, निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । पार्टीको शिवराज नगरपालिका समितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सिङ्गो देश अब निर्वाचनतर्फ केन्द्रित हुने र निर्वाचनका लागि आवश्यक सबै सुरक्षा प्रवन्ध तय गरिएको स्पष्ट पारे ।

गृहमन्त्री खाँणले निर्वाचनमा पार्टी नेता कार्यकर्ता र मतदाताले रुचाउने व्यक्तिलाई टिकट दिनुपर्ने बाध्यता रहेको र त्यो गाह्रो काम भएको बताए । उनले चैत ११ गतेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठकले वर्तमान गठबन्धन सरकारमा रहेका राजनीतिक दलबीच तालमेल गरेर अगाडि बढ्ने विषयमा छलफल हुने बताए ।

नेपाली कांग्रेसका तर्फबाट आवधिक निर्वाचनमा विभिन्न पदमा टिकट पाउने सर्वोत्कृष्ट र नपाउने अयोग्य भन्ने छुट कसैलाई नभएको बताए । पार्टीमा व्यक्ति धेरै हुने र निर्वाचनमा पद थोरै हुने भएकाले जसले टिकट पाउँछ उसैलाई सहयोग गरेर पार्टीलाई जिताउनुपर्ने बताए । उम्मेदवार हुने चाहाना राख्दै तयारी गर्नभन्दा उम्मेदवार छान्न काम जटिल भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *