पल शाह प्रकरण : थुनछेक बहस जारी

पोखरा । नाबालिका बलात्कार आरोपमा पक्राउ परेका अभिनेता पल शाहको मुद्दामा तनहुँ जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । बुधबार जाहेरवालाको तर्फबाट ६ जना वकिलले बहस गरिसकेका छन् भने प्रतिवादीको तर्फबाट २ जनाले बहस गरिसके । अझै ८ जनाको बहस बाँकी रहेको अदालतले जनाएको छ ।

बिहीबार सोही मुद्दामा निरन्तर बहस हुने र बहस सकिए अदालतबाट आदेश आउने वकिलहरूले बताएका छन् । प्रमाण पुगे शाह पुर्पक्षका लागि थुनामा जानेछन् भने प्रमाण नपुगे धरौटीमा रिहा हुनेछन् । जिल्ला प्रहरी कार्यालयले करिब १ महिना अनुसन्धान गरेर मिसिल सहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएपछि सरकारी वकिल कार्यालयले तनहुँ अदालतमा मुद्दा दर्ता गरेको हो ।

शाहलाई १२ देखि १४ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको हो । पलका म्यानेजर भनिएका कृष्ण जोशीलाई पनि आधा सँजायको माग गरिएको छ । फागुन ११ गते उनीविरुद्ध तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरीसामु आत्मसमर्पण गरेपछि म्याद थपेर अनुसन्धान अघि बढाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *